पराल भएको ठाउँमा लाइटर खेलाउँदा आगलागी भयो, ५ वर्षीय बालकको ज्यान गयो

पराल भएको ठाउँमा लाइटर खेलाउँदा आगलागी भयो, ५ वर्षीय बालकको ज्यान गयो
प्रतिकात्मक तस्बिर

काठमाडौं : तनहुँको ऋषिङ गाउँपालिका -६ दाउन्नेमा आगलागीमा परेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।

आगलागीमा परेर शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय ऋषिराम थापा मगरको घरमा कोही नभएका बेला गोठमा उनले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

२५ फागुन, २०८०, २०:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।