‘काम गर्नकै लागि भनेर चेक लिस्टसहित आएका छौं’

‘काम गर्नकै लागि भनेर चेक लिस्टसहित आएका छौं’

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले आफूहरू काम गर्नका लागि सूची बोकेर सरकारमा गएको बताएका छन्।

गृहमन्त्री भएको दुई दिनपछि सामाजिक सञ्जाल मार्फत काम गर्ने सवालमा आफूबाट कम्प्रोमाइज नहुने बताएका छन्।

‘चेक लिस्ट’ सहित आएका छौं। ‘कम्प्रोमाइज’ हुन्न। केही समय ‘होम वर्क’ मा रहनेछौं,’ गृहमन्त्री लामिछानेले लेखेका छन्।

उनले नारी दिवस, सेना दिवस र शिवरात्रिको शुभकामना समेत दिएका छन्।

नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति लामिछानेसहित चार मन्त्री बनेका छन्। उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् भने उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन्।

नयाँ गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र एकीकृत समाजवादी सहभागी छन्।

फागुन २५, २०८० शुक्रबार १६:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।