सभापति लामिछानेलाई उपप्रधान तथा गृहसहित ४ मन्त्रालय चाहन्छ रास्वपा
काठमाडौं : नयाँ सत्ता समीकरण बनेसँगै दलहरूबीच शक्ति बाँडफाँटको सकसका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन्।
उनले गठबन्धनमा थप दलहरूलाई जोड्ने र दलहरूबीच मन्त्रालय बाँडफाँटको बहस सुरू गरेका हुन्।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धनमा चार वटा मन्त्रालय दाबी गरेको छ।
रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल (डिपी) सोमबारै विना विभागीय मन्त्री बनिसकेका छन्। अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडानमा छन्।
‘शीर्ष नेताहरूबीच कुरा भइसकेको छ। उपप्रधानसहित गृहमा सभापति आफैँ जानुहुन्छ,’ रास्वपाका एक सांसदले भने, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन।’
ती सांसदका अनुसार रास्वपाले चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ।
‘यही मन्त्रालय भन्ने छैन। गृहमा हाम्रो बलियो दाबी हो। बाँकी जुन मन्त्रालय भएपनि हुन्छ, तर चार वटा हुनुपर्छ भन्ने छ,’ ती सांसदले भने।
फागुन २२, २०८० मंगलबार १४:५०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।