केन्द्रमा फेरिएको सत्ता गठबन्धनको 'साइड इफ्फेक्ट' : एमालेले कोशीका मुख्यमन्त्रीको राजीनामा माग्यो

केन्द्रमा फेरिएको सत्ता गठबन्धनको 'साइड इफ्फेक्ट' : एमालेले कोशीका मुख्यमन्त्रीको राजीनामा माग्यो

काठमाडौं : केन्द्रीय राजनीतिमा सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागिएको छ।

केन्द्रमा नयाँ गठबन्धनसहितको मन्त्रिपरिषद गठन भएसँगै एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेका हुन्।

गत असोज २७ गते एमालेका ३९ सांसद र आफ्ना दलबाट विद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री बनेका थिए। कार्कीलाई पछि उनको पार्टी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिए।

प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीले केन्द्रमा गठबन्धन भत्किएपछि कार्की अल्पमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भण्डारीले बताए।

‘अब माथिको गठबन्धन भत्किएपछि उहाँ अल्पमतमा पर्नुभयो, गठबन्धन भत्किएपछि उहाँले नैतिकताका आधारमा आजभोलि नै राजीनामा दिनुपर्छ,’ भण्डारीले भने,‘ अर्काे सरकारका लागि प्रदेश प्रमुखले आह्वान गर्नुहुन्छ।’

भण्डारीले प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्र सल्लाह गरेर अघि बढ्ने बताए ।

२१ फागुन, २०८०, २१:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।