जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयको आन्दोलन

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयको आन्दोलन

काठमाडौं : धनुषाको जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य सात जना भन्दा बढी घाइते भएका छन्।

स्कुल बसले हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

स्थानीयका अनुसार करिब ३५ वर्षीय राखीदेवी यादवको मृत्यु भएको हो।

तर, जिल्ला प्रहरी कार्यालय धनुषाले भने अहिलेसम्म आधिकारिक जानकारी दिइसकेको छैन।

दुर्घटनामा परेर घाइते भएकाहरूको विवरण भने आएको छैन।

यता स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयहरूले गाडीमा ताडफोड गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।

२० फागुन, २०८०, १५:०३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।