सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाल सुन प्रतितोला एक लाख १८ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार, ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ।

आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

१७ फागुन, २०८०, १४:१२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।