नेपाल-जापानको सम्बन्ध जनस्तरसम्म : राष्ट्रपति

नेपाल-जापानको सम्बन्ध जनस्तरसम्म : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन्।

नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५० औँ वार्षिक समारोहको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताए।

'मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमासमेत प्रगति भइरहेको छ। यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्त्वपूर्ण रहने छन्', उनले भने।

नेपाल र जापानबिच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्घशाली जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए।

छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्याउन र जापानमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउन एसोसिएसनले गरेको योगदान सराहनीय रहेको उनले बताए।

१३ फागुन, २०८०, १२:४५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।