हुथी विद्रोहीलाई निशाना बनाउँदै अमेरिकी सेनाद्वारा पुन: आक्रमण

हुथी विद्रोहीलाई निशाना बनाउँदै अमेरिकी सेनाद्वारा  पुन: आक्रमण

एजेन्सी : यमनमा हुथी विद्रोहीको स्थानमा अमेरिकी सेनाले पुन: आक्रमण गरेको छ।

लाल सागरमा रहेको सातवटा मोबाइल एन्टी-शिप मिसाइलहरू आफूहरूले नष्ट गरेको अमेरिकी सेनाको दाबी छ।

गाजामा द्वन्द्व सुरु भएदेखि यमनका हुथी विद्रोहीहरूले इजरायल र उसका सहयोगीहरूका जहाजहरूलाई निशाना बनाउँदै आएका छन्।

हुथी विद्रोहीको आक्रमण रोक्न अमेरिकाले यमनमा कैयौं हवाई आक्रमण गरेको छ।

अमेरिकाको सेन्ट्रल कमाण्डले नष्ट भएका मिसाइलहरू लाल सागरमा यात्रा गर्ने जहाजका लागि खतरा भएको र जुनसुकै बेला आक्रमण गर्नसक्ने बताएको छ।

बिहीबार, हुथी विद्रोहीहरूले बेलायतसँग सम्बन्धित तेल कार्गो जहाजलाई निशाना बनाएका थिए। आक्रमणपछि यस जहाजबाट तेल चुहिरहेको छ।

यो तेल फैलिएपछि समुन्द्रमा ३० किलोमिटर लामो तेलको तह बनेको छ। केही दिनयता लाल सागरमा हुथी विद्रोहीले अमेरिकी युद्धपोतलाई निशाना बनाएका छन्।

१२ फागुन, २०८०, १०:२७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।