पुटिनले उत्तर कोरियाली नेता किमलाई कार उपहार दिएको खुलासा
![पुटिनले उत्तर कोरियाली नेता किमलाई कार उपहार दिएको खुलासा](https://ukeraa.prixacdn.net/media/albums/kim_and_putin_IelpXWN4fX.jpg )
एजेन्सी : रुसी राष्ट्रपति भ्लामिदिर पुटिनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई एउटा कार उपहार दिएको खुलेको छ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार किमको व्यक्तिगत प्रयोगका लागि रुसमा बनेको कार उपहार दिइएको हो।
सो कार रुसी प्रतिनिधिमण्डलले आइतबार किमलाई हस्तान्तरण गरेसँगै उनले भनेका छन्, 'यस उपहारले उत्तर कोरिया र रुसका शीर्ष नेताहरू बीचको विशेष व्यक्तिगत सम्बन्धको स्पष्ट प्रदर्शनको रूपमा काम गर्दछ र सबैभन्दा राम्रो हो।'
अमेरिकी गुप्तचार अधिकारीहरू उत्तर कोरिया र रुसबीचको रणनीतिक साझेदारीको नयाँ स्तर जस्तो देखिने दीर्घकालीन प्रभावबारे चिन्तित रहेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।
रुसले युक्रेनसँगको युद्धका निम्ति उत्तर कोरियाद्वारा आपूर्ति गरिएको छोटो दूरीको ब्यालेस्टिक मिसाइलहरू बारम्बार प्रहार गरिरहेको छ।
फागुन ८, २०८० मंगलबार १८:४६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।