इंग्लिस प्रिमियर लिग : एभर्टन र क्रिष्टल प्यालेस बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग : एभर्टन र क्रिष्टल प्यालेस बराबरीमा रोकिए

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरीमा रोकिएका छन्।

गएराती भएको खेलमा एभर्टन र क्रिष्टल प्यालेसले १-१ गोलको बराबरी खेलेका हुन्।

क्रिष्टल प्यालेसका जोर्डन अयुले खेलको ६६औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए।

तर त्यो अग्रता अन्तिम समयसम्म टिक्न सकेन। एभर्टनका ओमाडउ ओनानाले ८४औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा गयो।

त्यसपछि पनि दुवै टोलीले अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।

क्रिष्टल प्यालेस २५ खेलमा २५ अंकसहित तालिकाको १५औं स्थानमा रहँदा एभर्टन २५ खेलमा २० अंकका साथ १७औं स्थानमा छ।

लिगमा आज राति सवा १ बजे म्यान्चेस्टर सिटी र ब्रेनफोर्ड भिड्दैछन्।

८ फागुन, २०८०, ०८:०८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।