पार्टी सभापती रविको विवादबारे बल्ल बोलिन् सुमना, भनिन्' सरकारले छानबिन गरिरहेकाले केही वेआउट पक्कै आउला'

पार्टी सभापती रविको विवादबारे बल्ल बोलिन् सुमना, भनिन्' सरकारले छानबिन गरिरहेकाले केही वेआउट पक्कै आउला'

काठमाडौँ : रवि लामिछाने तानिएका विवादबारे प्रश्न आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद सुमना श्रेष्ठले 'सरकारले छानबिन गरिरहेकाले त्यसमा केही आउला भन्ने जवाफ दिइन्।

पोखरामा जारी लिट्रेचर फेस्टिभलमा सहभागी उनलाई दर्शकदिर्घाबाट मिसन ८४ भनिरहने तर पार्टी सभापतीबारे अनेक विवाद आइरहेको भन्दै पार्टीको जरो नै उखेलिने अवस्था देखिएको भन्दै पपुलिस्ट कुरा मात्र किन गरेको भन्दै प्रश्न सोधिएको थियो।

जवाफमा उनले सरकारले छानबिन गरिराखेको छ त्यसमा केही आउला। भन्दै केही देखिए प्रश्नकर्ताले भनेकै सत्य होला भन्दै त्यसले पक्कै कोर्स लिने बताइन्।

लामिछानेमाथि अहिले सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्तिमा अनुसन्धान गरिरहेको छ भने सहकारी ठगीबारे जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

दोहोरो राहदानी बनाएर दुरुपयोग गरेकोबारे मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा परेको मुद्दा विचाराधीनै छ।

रास्वपाका सांसद र नेताहरू प्राय पार्टी सभापतिको विवादबारे बोल्नबाट पन्छिँदै आएका छन्। सुमनाले पनि प्रस्ट खुलेर त बोलिनन् तर सरकारले गरिरहेको छानबिनबाट कुनै न कुनै बाटो पनि निस्कनेसम्म बताइन्।

सुमनाले मिसन ८४ मात्र भन्ने तर मिसन ८०, ८१ खै भन्ने प्रश्नको समेत उत्तर दिएकी थिइन्। उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रबारे कानुन बनाएर अहिले नै सांसदबाट पारित गर्ने प्रयास गर्ने र त्यो अहिले पारित नभए मिसन ८४ पछि पारित हुने बताएकी थिइन्।

'अहिले सांसदबाट कानुन बनाएर सुधारको प्रयास गर्ने त्यो नभए मिसन ८४ पछि गर्ने। यो निकै सरल छ' उनले भनिन्।

फागुन ६, २०८० आइतबार ०१:१८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।