एसीसी महिला प्रिमियर कप : हङकङद्वारा नेपाललाई ९४ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप : हङकङद्वारा नेपाललाई ९४ रनको लक्ष्य

काठमाडौं : एसीसी महिला प्रिमियर कप अन्तर्गत हङकङले नेपाललाई ९४ रनको लक्ष्य दिएको छ।

मलेसियाको मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनायो।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक २१ रन बनाउँदा मर्यम बीबीले  १९, यश्मिन दशवानीले १५ र नताशा माइल्सले ११ रन जोडिन्।

नेपालकी पूजा महतो र रुबिना क्षेत्री समान दुई–दुई विकेट लिँदा कविता जोशी र सीता रानामगरले समान एक–एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

एसीसी महिला प्रिमियर कप खेल्नका लागि नेपाली टोली केही दिनअघि मलेसिया प्रस्थान गरेको थियो।

१६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। उक्त समूहमा नेपालसँगै हङकङ, भुटान र माल्दिभ्स छन्।

नेपालले समूह चरणको आफ्नो दोस्रो खेल भोलि भुटानसँग र तेस्रो खेल मंगलबार माल्दिभ्ससँग खेल्दैछ।

प्रत्येक समूहका शीर्ष दुई टिमले क्वार्टरफाइनल खेल्नेछन्।

प्रिमियर कपको फाइनल खेल्ने दुई टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछन्।

माघ २७, २०८० शनिबार ०८:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।