दशरथ रंगशालामा नेपालले आज चीनसँग मैत्रीपूर्ण फुटबल खेल्दै

दशरथ रंगशालामा नेपालले आज चीनसँग मैत्रीपूर्ण फुटबल खेल्दै
फाइल तस्बिर

काठमाडौं : नेपालले आज चीनसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।

खेल दिउँसो तीन बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेलका लागि अखिल नेपाल राष्ट्रिय फुटबल संघ एन्फाले तीन सय र पाँच सय दरको टिकटको व्यवस्था गरेको छ।

मैत्रीपूर्ण फुटबलका लागि एन्फाले २४ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरेको छ। चिनियाँ टोलीसँग खेल्ने नेपाली युवा टिममा मनिष र आयुष पनि अटाएका छन्।

एन्फाका अनुसार पुजन होला, अजय चौधरी, पदम भट्टराई छिरिङ लामा, योगश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्सम र सञ्जीव विष्ट रहेका छन्।

यस्तै लाकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुस घलान, अशिक बाबु, मनिस डाँगी, सन्तोश महत, निरन्जन धामी र अन्जल महर्जन रहेका छन्।

२७ माघ, २०८०, ०८:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।