सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपयाँ बढ्दा चाँदीमा तोलाको २० रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुन बिहीबार तोलाको १ लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भयो।

तेजाबी सुनको मूल्य १ लाख १७ हजार ९५० रुपैयाँ हुँदा चाँदी १ हजार ३९० रुपैयाँ कायम भएको थियो।

२६ माघ, २०८०, ११:४४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।