पाकिस्तान एक विकेटले पराजित यु-१९ विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया भिड्ने
काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भएका छन्।
गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलियाले भारतसँगको भेट पक्का गरेको हो।
दक्षिण अफ्रिकामा किस्तानले दिएको एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो।
अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। त्यस्तै, टोम क्याम्पबेलले २५ रन बनाए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८ दशलमव ५ ओभरमा १७९ रन बनाएको थियो।
पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए। अन्यको प्रदर्शन उल्लेखनीय रहेन्। अष्ट्रेलियाका टम स्ट्याकरले ६ विकेट लिए।
फाइनल खेल आइतबार हुनेछ।
माघ २६, २०८० शुक्रबार ०७:४०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।