यू-१९ विश्वकप खेलेर स्वेदश फर्कियो नेपाली क्रिकेट टिम

यू-१९ विश्वकप खेलेर स्वेदश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौं : दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ।

नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह लगायतका पदाधिकारीहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको नेपालले अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो।

यद्यपि सुपर सिक्समा भने भारत र बंगलादेश नेपाल दुवै खेलमा पराजित भयो।

माघ २२, २०८० सोमबार १२:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।