आहारारा पोखरा गोल्डकपको उपाधि आर्मीलाई

आहारारा पोखरा गोल्डकपको उपाधि आर्मीलाई

काठमाडौं : त्रिभुवन आर्मी क्लबले २३ औं सँस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीले ३-० को गोलअन्तरले थ्रीस्टार क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।

आर्मीको जितमा जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल गरे।

खेलको ३८ औं मिनेटमा जिलेप्सीजंगले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए।

खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे।

आर्मी अहिलेसम्म गरेर १५ औं पटक आहारारा पोखरा गोल्डकपमा सहभागी भएको छ। तर, उपाधि भने पहिलोपटक जितेको हो।

थ्रीस्टारले यसअघि ५ पटकसम्म उपाधि जितिसकेको छ।

२०७५ मा भएको फाइनल खेलमा आर्मीलाई थ्रीस्टारले पेनाल्टी सुट आउटमा पराजित गरेको थियो।

२० माघ, २०८०, १६:५२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।