कप्तान आरिफ र करण केसीको अर्धशतकीय पारीमा लुम्बिनीलाई पुलिसको २४६ रनको लक्ष्य

कप्तान आरिफ र करण केसीको अर्धशतकीय पारीमा लुम्बिनीलाई पुलिसको २४६ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २४६ रनको लक्ष्य दिएको छ।

पिचमा भएको चिसोका कारण ३८ ओभरमा झारिएको खेलमा ३७.३ ओभरमा अलआउट हुँदै पुलिसले २४५ रन बनाएको हो।

पुलिसका लागि कप्तान आरिफ शेखले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले। ७६ बलको सामना गरेका उनले नौ चौका र तीन छक्का प्रहार गरे।

यस्तै करण केसीले २७ बलमा पाँच चौका र पाँच छक्काको मद्दतमा ५७  रनको विस्फोटक पारी खेले।

उता कुशल भुर्तेलले ४८ रन बनाउँदा अर्जुन साउद २४, रसिद खान १२, रोशन बुढाल १० रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका नर सार्कीले चार विकेट लिँदा बीर मगरले तीन तथा अभिषेक गौतम र कृष्ण कार्कीले समान एक–एक विकेट लिए।

माघ १७, २०८० बुधबार १४:०३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।