बाँदर नियन्त्रणका लागि रुख काट्न वडाको सूचना, सञ्जालमा चर्को आलोचना

बाँदर नियन्त्रणका लागि रुख काट्न वडाको सूचना, सञ्जालमा चर्को आलोचना

काठमाडौं : पोखरा महानगरपालिका-१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न आग्रह गरेका छन्।

पोखरा-१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना निकालेर वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न आग्रह गरेका हुन्।

वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ।’

वडाले सोमबार जारी गरेको सूचना सोमबार साँझ र मंगलबार विहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले वडाध्यक्षको उक्त निर्णयको आलोचना गरेका छन्।

वडाध्यक्ष पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

१६ माघ, २०८०, ०९:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।