भिरबाट खस्ने दृष्यदिँदा अभिनेता चाम्सको झन्डै ज्यान गएन, घाँटीमा लागेकोथ्यो गम्भिर चोट (भिडियो संवाद)

भिरबाट खस्ने दृष्यदिँदा अभिनेता चाम्सको झन्डै ज्यान गएन, घाँटीमा लागेकोथ्यो गम्भिर चोट (भिडियो संवाद)

काठमाडौँ : मलायामा नेपाली गोर्खाली सेनाले लडेको युद्धलाई आधार बनाएर बनेको फिल्म गोर्खा वारियरबाट डेब्यु गरेका रितेश चाम्स दुर्घटनाबाट धन्न बाँचेको खुलेको छ।

द्वन्द्वको दृश्य खिच्नेक्रममा रितेश भिरबाट झर्नुपर्ने दृश्य थियो। रितेश आफैँले त्यो दृश्य गर्छु भने। भिर ठुलो थियो। जोखिम पनि थियो।

सुरक्षाका सबै प्रबन्ध अपनाउँदा पनि गल्ती भइहाल्यो। उनी झरे। भाग्यले साथ नदिएको भए रितेश बाँच्न सम्भव थिएन।

'रितेश चाम्सको भाग्य बलियो रहेछ। भगवान् दाहिना भएर मात्र उ बाँचेको हो,' फिल्मका निर्देशक मिलन चाम्सले भने' स्टन्टमा आधा इन्चमात्र तलमाथि भएको भए ज्यान जोगिन सम्भव थिएन। सुरक्षामा हामी कमजोर नै छौँ। होसियारीका साथ काम गर्दागर्दै गल्ती भइहाल्यो।'

भिरबाट खस्ने दृष्य खिच्दा उनी साच्चै घाइते भए। उनको घाँटीमा गम्भिर चोट लागेको थियो। त्यो बेलामा फिल्मको लगभग ५० प्रतिशत छायाङ्कन सकिइसकेको थियो। यदि त्यो बेलामा दुर्घटना भएको भए फिल्म नै बन्न नसक्ने अवस्था रहेको उनले खुलाए।

'गल्ती भए पनि धन्न उनको ज्यान जोगियो। तलमाथि भएको भए यो फिल्म बन्नै सक्दैनथ्यो' निर्देशक चाम्सले भने।

निर्देशक मिलनको पूर्ण अन्तर्वार्ता :

१५ माघ, २०८०, १७:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।