यू-१९ विश्वकपमा नेपाल आज अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाव

यू-१९ विश्वकपमा नेपाल आज अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाव

काठमाडौं : दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको आईसीसी विश्वकपको समूह चरणमा आफ्नो अन्तिममा खेलमा नेपालले आज अफगानिस्तासँग खेल्दैछ।

समूह चरणबाट सुपर सिक्समा पुग्न निर्णायक खेलमा दुवै टोली जितको खोजीमा छन्। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे इस्ट लन्डनमा हुनेछ।

समुह ‘डी’को पहिलो खेलमा न्युजिल्याण्डसँग नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ।

यो समूहमा नेपालसँगै अफगानिस्तानले पनि आफ्नो दुवै खेल हारेको छ। त्यसैले अन्तिम खेल उसका लागि पनि निर्णायक छ। 

प्रत्येक समूहका शीर्ष ३–३ टोली सुपर सिक्समा पुग्नेछन्। समूह ‘डी’ को शीर्ष ३ टोलीले भारत रहेको समुह ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।

माघ १२, २०८० शुक्रबार ०७:२०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।