फिल्म ‘आम नागरिक’को फस्टलुक सार्वजनिक

फिल्म ‘आम नागरिक’को फस्टलुक सार्वजनिक

काठमाडौं : केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ।

पुस्कर राउतको प्रस्तुतिमा निर्माण हुने फिल्मको आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ। पृष्ठभूमिमा कुनै सहरको दृश्य देखिन्छ।

विनयराज पौडेलको डेब्यु निर्देशकीय रहने फिल्मको कलाकारहरूको हाल धमाधम छनोटको काम भइरहेको छ।

उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी वैशाखबाट छायांकन हुनेछ। फिल्मको लेखन पनि निर्देशक बिनयकै रहेको छ।

दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन्।

११ माघ, २०८०, १८:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।