अस्ट्रेलियाको समुन्द्री तटमा डुबेर चार भारतीयको मृत्यु

अस्ट्रेलियाको समुन्द्री तटमा डुबेर चार भारतीयको मृत्यु

एजेन्सी : अस्ट्रेलियाको समुन्द्री तटमा डुबेर चार जनाको मृत्यु भएकाे छ।

भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु भएको त्यहाँकाे भारतीय उच्चायोगले जनाएकाे हाे।

भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ- ‘अष्ट्रेलियामा हृदयविदारक घटना। भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ। पीडितका परिवारप्रति गहिरो समवेदना। हामी पीडित परिवारसँग सम्पर्कमा छौँ।’

अस्ट्रेलियामा वर्षाैं सयौं मानिसको समुन्द्री तटमा डुबेर मृत्यु हुने गरेको छ। त्यसमा कयौं नेपालीहरू पनि रहेका छन्।

माघ ११, २०८० बिहीबार ०९:२०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।