यू-१९ विश्वकपमा नेपालले टस जित्यो, टोलीमा तीन परिवर्तन

यू-१९ विश्वकपमा नेपालले  टस जित्यो, टोलीमा तीन परिवर्तन

काठमाडौं : आईसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टस जितेको छ।

कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन्। नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ।

ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दिपक बोहोरा र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहेका छन्।

विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका छन्। नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

यता पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो।

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ। समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन्।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन्। त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन्।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।

माघ १०, २०८० बुधबार १३:४६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।