२६ ओभरमा झारियो आर्मी र लुम्बिनीको खेल

२६ ओभरमा झारियो आर्मी र लुम्बिनीको खेल

काठमाडौं : बाक्लो हुस्सुका कारण त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशको खेल २६ ओभरमा झारिएको छ।

भैरहवास्थित सिद्धार्थनगर रंगशालामा बाक्लो हुस्सु लागेर ढिला सुरू भएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आर्मी र लुम्बिनीबीचको खेलमा ओभर घटाइएको हो।

तालिका अनुसार खेल विहान ९ बजे हुनुपर्ने थियो तर हुस्सु पातलिँदै गएपछि मध्यान्ह साढे १२ बजेबाट खेल सुरू भएको हो।

प्रतियोगितामा आर्मी पाँच खेलमा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने लुम्बिनी तीन खेलमा दुई अंकसहित नवौं स्थानमा छ।

माघ १०, २०८० बुधबार १३:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।