यू-१९ विश्वकपमा नेपालले पाकिस्तानको सामना गर्दै, हेड टु हेडमा बराबरी
काठमाडौं : यू-१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज पाकिस्तानको सामना गर्दैछ।
इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे खेल सुरू हुनेछ।
यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो। पाकिस्तानले आफ्नो पहिलो खेलमा भने अफगानिस्तानलाई ठूलो अन्तरले हराएको थियो।
हेड टु हेड हेर्ने हो भने यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन्।
तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जीत हात पारेको थियो।
माघ १०, २०८० बुधबार ०७:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।