रवि लामिछानेमाथि कारबाही गरि पाऊँ भन्दै राज्यव्यवस्था समिति र सभामुख सचिवालयमा उजुरी

रवि लामिछानेमाथि कारबाही गरि पाऊँ भन्दै राज्यव्यवस्था समिति र सभामुख सचिवालयमा उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध उजुरी परेको छ।

लामिछाने सदस्य रहेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति उनीविरुद्ध आवश्यक कारबाहीको मागसहित उजुरी परेको हो।

सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफल दिएको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ।

उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन्। सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दर्ता गराएका हुन्।

उजुरीमा ३५ हजार बचतकर्ताको ५२ करोड घोटाला भएको विषय उपर सांसद लामिछानेको संलग्नता के, कसरी भएको हो भन्नेबारे छानबिन गर्न माग गरिएको छ।

सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन्।

'३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा निज रबि लामिछानेको संलग्नता के कसरी भएको हो, सोको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भएकाले निज रवि लामिछानेको सवालमा संसदको राज्य व्यवस्था एवं सुशासन समितिमा आवश्यक छलफल गराई दोषीलाई कारबाही र पीडितलाई न्याय दिनको लागि प्रस्तुत निवेदन पेस गरेको छु,' निवेदनमा उल्लेख छ।

माघ ९, २०८० मंगलबार १७:२६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।