भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा, नेपालका स्थानीय तहले दिए सार्वजनिक बिदा

भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा, नेपालका स्थानीय तहले दिए सार्वजनिक बिदा

बुटवल : भारतको अयोध्यास्थित राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा रुपन्देही र कपिलबस्तुका केही पालिकाले आज सार्वजनिक बिदा दिएका छन्।

छुट्टाछुटै सूचना जारी गरेर रुपन्देहीको १ तथा कपिलबस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका हुन्। यस्तै तराई भेगका अन्य केही पालिकाले भने सार्वजनिक बिदा दिएका छन्।

रुपन्देहीको रोहिणी गाउँपालिका सहित कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु, शिवराज,महाराजगंज र कृष्णनगर नगरपालिकाले पालिकामा बिदा दिएका हुन्।

सुनसरीको इनरुवा र रामनगर नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सप्तरीको राजविराज नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएका छन्।

अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ।

रोहिणी गाउँपलिकाका अध्यक्ष विद्याप्रसाद यादवले आजकै दिन गाउँपालिका भित्रका मठमन्दिरमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम गर्न लागिएको बताए।

साथै उनले आ-आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरूमा दीप प्रज्वलन गर्न अपिल गरे। आजकै दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको उनको भनाइ छ।

नेपाली चेली सीताको विवाह भगवान रामसँग भएको किम्वदन्ती छ ।

८ माघ, २०८०, १०:४८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।