अफगानिस्तानमा दुर्घटनाग्रस्त विमानमा सवार चार जना जिवित, दुई जना बेपत्ता

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमानमा सवार चार जना जिवित, दुई जना बेपत्ता

एजेन्सी : अफगानिस्तानमा दुर्घटना भएको थाइल्यान्डबाट रुसको राजधानी मस्को जाँदै गरेको एयर एम्बुलेन्स पत्ता लागेको छ। यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको बारेमा जानकारी संकलन भइरहेको छ।

मोरक्कन-रेजिष्टर्ड डसल्ट फाल्कन विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो। जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बीबीसीले जनाएको छ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो। सुरूमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो।

गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार अपरान्ह ४ बजे विमान उडेको थियो। रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित बेपत्ता भएको बताएका थिए।

माघ ८, २०८० सोमबार ०७:३८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।