टीआरसी सहमतिमै टुंगो लाग्छ : प्रधानमन्त्री

टीआरसी सहमतिमै टुंगो लाग्छ : प्रधानमन्त्री

 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको विषयमा दलहरूबीच सहमति हुने दाबी गरेका छन्। उनले शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुंगो लगाउनका लागि अब संसद्को अधिवेशन आह्वान हुनासाथ विधेयक अघि बढाउने बताए।

युगान्डाको भ्रमण सकेर आज बिहान फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘टीआरसीबारे सबै तयारी गरेका छौँ। संसद्को उपसमितिबाट समितिमा विधेयक गएको छ। सदन खुल्ने बित्तिकै प्राथमिकताका साथ राखेर टुंगो लगाइन्छ। अन्तिममा सहमतिबाटै टुंगो लाग्छ। त्यसपछि शान्ति प्रक्रियाका बाँकी कामले गति लिन्छ।’

उनले आफूले एक वर्षको अवसरमा गरेको सम्बोधनपछि देशले गति लिएको पनि आफूलाई महसुस भएको बताएका छन्।

उनले आफूले टार्गेट दिएर मन्त्रीहरूलाई काममा लगाएको उल्लेख गर्दै पूरा नगरे राम्रो हुँदैन भनिसकेको र परिवर्तन पनि हुने बताए। 

७ माघ, २०८०, ११:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।