प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन्।

अफ्रिकी राष्ट्र युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन्।

सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए। 

प्रधानमन्त्रीले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र सम्बृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए। 

'नाम'को दुई दिने शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डसहित परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा, परराष्ट्र सचिव लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल लगायतको टोली युगान्डा गएको थियो।

७ माघ, २०८०, ०९:४०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।