प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेबीच युगान्डामा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेबीच युगान्डामा भेटवार्ता

 

काठमाडौं : असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९ औँ सम्मेलनमा भाग लिन युगान्डामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ।

आज युगान्डाको कम्पालामा रहेका उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय मुद्दा र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेको बताए।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए।

त्यस्तै, श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकामा जोड दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

६ माघ, २०८०, १५:५९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।