चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु, एक जना घाइते

चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु, एक जना घाइते

एजेन्सी : मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।

अस्पतालमा उपचाररत एक जनाको अवस्था अहिले स्थिर रहेको बताइएको छ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार राति हेनान प्रान्तको एउटा गाउँमा रहेको साना बालबालिकाको विद्यालयमा उक्त घटना भएको जनाएको छ।

अङ्ग्रेजी दैनिक चाइना डेलीका अनुसार निजी संस्थाद्वारा सञ्चालित यो विद्यालय नर्सरी र प्राइमरी कक्षाका बालबालिकाका लागि हो।

यस विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर यस विषयमा अनुसन्धान भइरहेको छ। आगलागीमा परी ज्यान गुमाउनेहरूको परिचय र आगलागीको कारण पनि खुलाइएको छ।

सिन्ह्वाका अनुसार दमकललाई खबर गरेको एक घण्टाभित्र आगो निभाइएको थियो।

चीनमा आगलागीका घटना बारम्बार हुने गरेका छन्। नोभेम्बर २६ मा साङ्सी प्रान्तको लुलियाङ सहरमा रहेको एउटा कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो

माघ ६, २०८० शनिबार ११:५५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।