जसले बोक्सी भन्दै मान्छे मारेर भागेका थिए, १५ वर्षपछि पक्राउ

जसले बोक्सी भन्दै मान्छे मारेर भागेका थिए, १५ वर्षपछि पक्राउ

 

काठमाडौं : बोक्सीको आरोपमा एक पुरुषको हत्या गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

२०६५ साल असोज २९ गते काभ्रेको रोशि गाउँपालिका ३ मा चमार सिंह मगर भन्ने जनकबहादुर मगरलाई भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सीको आरोप लगाई कुटपिटपश्चात् हत्या गरी फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पुस २४ गते पक्राउ गरी २५ गते सन्तबहादुर मगरलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको थियो।

टंकबहादुर मगरको स्वास्थ्यमा समस्या आएका कारणले उपचार गरेर आज मात्रै आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

माघ ५, २०८० शुक्रबार १३:२५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।