झारफुकको बहानामा बालिका बलात्कार गर्ने एकजना पक्राउ

झारफुकको बहानामा बालिका बलात्कार गर्ने एकजना पक्राउ

काठमाडौं : बारामा झारफुक गर्ने बहानामा १३ वर्षीय बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन्।

प्रहरीले महागढीमाई नगरपालिका वडा नम्बर -२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, बारामा परेको उजुरीको आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता  डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार बालिका मण्डलकहाँ झारफुक गराउन आएको बेला उनले जबर्जस्ती करणी गरेका थिए।

प्रहरीले पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ।

पुष २९, २०८० आइतबार ११:५०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।