स-साना कामको लागि काठमाडौं धाउनु परेको भन्दै पुन: श्रमस्विकृति स्थानीय तहबाटै मिलाउन प्रधानमन्त्रीको निर्देशन

स-साना कामको लागि काठमाडौं धाउनु परेको भन्दै पुन: श्रमस्विकृति स्थानीय तहबाटै मिलाउन प्रधानमन्त्रीको निर्देशन

 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

उनले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिए।

उनले भने, ‘वैदेशिक रोजगार सूचना प्रणालीलाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला। साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला।’

२४ पुस, २०८०, १६:४०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।