सर्लाही घटनामा रवि लामिछानेले भने- विरोध व्यवस्थापन गर्न नसकेर जनतालाई गोली ठोक्ने नेतृत्व जवाफदेही हुनुपर्छ

सर्लाही घटनामा रवि लामिछानेले भने- विरोध व्यवस्थापन गर्न नसकेर जनतालाई गोली ठोक्ने नेतृत्व जवाफदेही हुनुपर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्लाहीको बरहथवा घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्विकार गर्न नसकिने भन्दै आक्रोश पोखेका छन्।

उनले लेखेका छन्, ‘... लोकतन्त्रमा राज्यको यो खाल्को छाडा प्रवृत्ति स्विकार गर्न सकिँदैन। विरोध व्यवस्थापन गर्न नसक्ने र आमजनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनैपर्छ।’ 

बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्याको अस्पतालका विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो। गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो।

सर्लाहीको बरहथवामा निषेधाज्ञा सभापति लामिछानेले गोली प्रहार गर्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्। उनले पीडित पक्षलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन्।

पुष २१, २०८० शनिबार १५:१७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।