रानी ऐश्वर्यको प्रस्ताव नारायण गोपालले अस्वीकार गरे, अनि प्रेमको हल्ला चल्यो ( भिडियो )

रानी ऐश्वर्यको प्रस्ताव नारायण गोपालले अस्वीकार गरे, अनि प्रेमको हल्ला चल्यो ( भिडियो )

केही समय दाइ नारायण गोपाल र रानी ऐश्वर्याको लभ परेको हल्ला पनि चल्यो। राजपरिवारसँगको सम्बन्ध साधारण नै थियो। त्यस्तो विशेष केही थिएन। अब बोलाएपछि गीत गाउन जानु सामान्य नै हो नि।

रानी ऐश्वर्यसँग नारायण गोपालको लभ थियो भन्ने मैले पनि सुनेको थिएँ। तर त्यो एकदम बकवास कुरा मात्र हो।

दरबारमा गीत गाउन जाँदा रानी अगाडि हुनु स्वाभाविकै भयो। रानीले नारायण दाइलाई आफूले लेखेको गीत गाउन भन्दा मान्नुभएनछ। अन्तमा ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ’भन्ने गाउनुभएछ। त्यसैलाई जोडेर लौ नारायण गोपालको त रानीसँग लभ परेको रहेछ भनेर हल्ला गरिदिएछन्।

लभ पर्न त केही न केही विशेष सम्बन्ध हुनुपर्ला नि! भेटघाट हुन्थ्यो होला। कुराकानी हुन्थ्यो होला। दरबार जाने त्यही गीत गाउन हो। राजारानी आफ्नै शैलीमा बस्ने हो।

'के छ नारायण जी' भन्दा 'ठिकै छ सरकार' भन्ने न हो। 'ल आज खाना सँगै खाऊँ' भन्दा 'नाइँ' पनि भन्न सकिँदैन थियो। अनि एउटै टेबुलमा बसे पनि राजा-रानी र नारायण गोपाल फरक-फरक बसेन खाने हो।

राजा भनेपछि त ६४ व्यञ्जन भन्ने लाग्न सक्छ तर उनीहरूको खाना एकदमै साधारण हुन्थ्यो रे। खसीको मासु, मासको दाल, साग, गोलभेँडाको अचार, भात त्यही त हो।

गीत गाएर, खाना खाएर घरमा आइसकेपछि पारिश्रमिक भनेर घरमै पठाइदिन्थेँ। दरबारमै दिँदैनथे। हावा तालमा रानी र दाजु नारायण गोपालको लभ परेको थियो भनेर हल्ला गरे। यो एकदम हावा अनि बकबास कुरा हो।

बाँकी उनकै भाई लक्ष्मण गोपालबाट :

२१ पुस, २०८०, १४:५४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।