अमेरिकाको विद्यालयमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको मृत्यु, पाँच जना घाइते

अमेरिकाको विद्यालयमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको मृत्यु, पाँच जना घाइते

एजेन्सी : अमेरिकाको आयोवा राज्यको एक हाईस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनामाथि गोली प्रहार गरेका हुन्। गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशासक रहेका छन्।

गोली लागेर मृत्यु भएका विद्यार्थी कक्षा ६ मा अध्ययनरत थिए। उनको उमेर ११ देखि १२ वर्षको रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

प्रहरीका अनुसार गोली १७ वर्षीय डेलोन बटलरले चलाएका थिए। उनले बन्दुक र ह्यान्ड ग्रेनेड ल्याएका थिए।

आपराधिक अनुसन्धानको आयोवा डिभिजनका सहायक निर्देशक मिच मोर्टवेटले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

गोली हान्ने क्रममा विद्यार्थीले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेको मिच मोर्टवेटले बताए। उनका अनुसार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ।

पुष २०, २०८० शुक्रबार ०९:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।