रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु

रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु
फाइल फोटो

काठमाडौं : रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले बताएका छन्।

उनका अनुसार मृत्यु हुनेमा स्याङजाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन्।

मृतक मध्ये स्याङजाका अर्याल वालिङ नगरपालिका वडा नम्बर १४ का हुन्।

अनौपचारिक माध्यमबाट यसअघि नै अर्यालको मृत्युको खबर आइसकेको थियो। यद्यपि सरकारी संयन्त्रले अहिले त्यसको पुष्टि गरेको छ।

१७ पुस, २०८०, १८:०१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।