भारतमा एकै महिनामा ७१ लाख बढी व्हाटस्एप खाताहरू प्रतिबन्ध

भारतमा एकै महिनामा ७१ लाख बढी व्हाटस्एप खाताहरू प्रतिबन्ध

एजेन्सी : भारतमा नोभेम्बरमा मात्र ७१ लाख भन्दा बढी व्हाटस्एप खाताहरूमा प्रतिबन्ध लगाएको छ।

भारतमा व्हाटस्एपको बढ्दो प्रयोग सँगै अनलाइन ठगी बढ्दै गइरहेको भन्ने उजुरीपछि भारत सरकारले कम्पनीलाई कारबाही गर्न निर्देशन दिएको थियो।

व्हाटस्एपको भारतमा ५ सय मिलियन भन्दा बढी प्रयोगकर्ताहरू छन्।

नोभेम्बरमा मात्र ८ हजार ८ सय ४१ उजुरी रिपोर्टहरू परेपछी खाताहरूमा प्रतिबन्ध लगाइएको जनाइएको छ।

१७ पुस, २०८०, १५:५८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।