प्रकाश सपुतको गीतको भिडियोमा ‘केटाहरूको लागि रूने ठाउँ’
काठमाडौं : गायक प्रकाश सपुतले आफ्ना हरेक गीतमा केही न केही नयाँ कुरा राखेकै हुन्छन्।
तीन महिनाअघि रिलिज गीत ‘जाले रूमाल फाट्यो’मा उनले अभिनेत्री स्वस्तिमा खड्कालाई प्रहरी अफिसर बनाएका थिए।
आफैँ अभिनित सो गीतको भिडियोमा उनले महिनावारी भएकी अफिसर स्वस्तिमालाई सेनिटरी प्याड दिएको दृश्य विवादित बन्यो।
आलोचित भएपछि प्याड दिएको दृश्य र ‘अर्काको...हेर्नुपर्छ र!’ भन्ने सम्वाद पनि हटाए।
यसअघिका गीतको भिडियोमा विवादित बन्दै आएकोमा यसपटक भने उनले केही फरक शैलीमा आफ्नो नयाँ गीतको भिडियो निर्माण गरेका छन्।
सोमबार आफ्नै युटुयूब च्यानलमार्फत रिलिज गरेको नयाँ गीत ‘मुटु कटक्कै’मा रूवाबासी सेन्टर खोलेका छन्।
भिडियोको एक दृश्यको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। रिलिज भएको २४ घन्टा नबित्दै गीत युट्युब ट्रेन्डिङमा चढेको छ।
आफ्नै शब्द तथा संगीत रहेको गीतको गायनमा भने सपुतलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन्।
सपुत आफैँले निर्देशन गरेको गीतको भिडियोमा कुशुम शर्मा, रोशनी कार्की, विजय पुन लगायतका कलाकारले अभिनय गरेका छन्।
पुष १७, २०८० मंगलबार १२:५०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।