प्रिमियर लिग : आर्सनल फुलहमसँग २-१ गोलले पराजित, घरेलु मैदानमा टोटनहम हावी

प्रिमियर लिग : आर्सनल फुलहमसँग २-१ गोलले पराजित, घरेलु मैदानमा टोटनहम हावी

काठमाडौं : इंग्लिस प्रिमियर लिग (ईपीएल)मा आर्सनल फुलहमसँग २-१ ले पराजित भएको छ।

फुलहमको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल स्तब्ध बनेको हो। आर्सनलका लागि खेलको पाँचौं मिनेटमा बुकायो साकाले गोल गरेका थिए।

२९औं मिनेटमा फुलहमका रौल जिमेनेजले गोल फर्काएर खेललाई १-१ को बराबरीमा लगे। पहिलो हाफ त्यत्तिमै सकियो।

दोस्रो हाफको १४औं अर्थात खेलको ५९औं मिनेटमा फुलहमका बोबी डी कोरडोभा रेडले गोल गर्दै २-१ को अग्रता दिलाए। त्यसपछि दुवै टोलीले गोलको प्रयास गरे पनि सफल हुन सकेन।

जितसँगै फुलहम १३औं स्थानमा उक्लँदा आर्सनल चौथो स्थानमा छ।

उता टोननहम हटस्परको मैदानमा भएको अर्को खेलमा घरेलु टोली बर्नमाउथमाथि ३-१ गोलले हावी भयो।

टोननहमका लागि पेपे मटार सरले नवौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।

७१औं मिनेटमा सन हेउङ मिन र ८०औं मिनेटमा रिचार्ल्सनले गोल गर्दै खेलमा ३-० को बलियो अवस्थामा पुर्याए। 

बर्नमाउथका लागि एलेस्क स्टकले ८४औं मिनेटमा सान्त्वना गोल गरे।

जितसँगै टोटनहम ३९ अंकसहित तालिकाको पाँचौं स्थानमा यथावत रहँदा बर्नमाउथ १२औं स्थानमा छ।

१५ पुस, २०८०, २२:२३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।