राउटे समुदायलाई सरकारले स्वास्थ्य बिमा गरिदिने

राउटे समुदायलाई सरकारले स्वास्थ्य बिमा गरिदिने

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै गर्न पहल थालेको छ।

बोर्डको बैठकले राउटे समुदायको योगदान रकम सरकारले व्यहोर्नेगरी सरकारसँग स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको बताएको छ।

‘लोपोन्मुख राउटे जातिलाई नेपाल सरकारले योगदान रकम व्यहोर्नेगरी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ’, निर्णयमा भनिएको छ।

सरकारले यसअघि बिमा ऐन २०७४ मा तोकेर केही लक्षित वर्गको बिमा रकम सरकारले व्यहोर्दै आएको छ।

जसमा परिचयप्राप्त अति गरिब, अति अशक्त, अपांगता भएका, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोगी तथा ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको बिमामा सरकारको सतप्रतिशत योगदान छ। 

१५ पुस, २०८०, १४:५६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।