बर्नलीलाई हराउँदै एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो, सेफल्डमाथि सिटी २-० ले हावी

बर्नलीलाई हराउँदै एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो, सेफल्डमाथि सिटी २-० ले हावी

काठमाडौं : बर्नलीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा भएको खेलम भिल्लाले बर्नलीलाई ३-२ गोल अन्तरले पराजित गर्यो। भिल्लाले सुरुवाती अग्रता दिलाए पनि त्यो दुई मिनेट पनि टिक्न पाएन।

खेलको २८औं मिनेटमा भिल्लाका लियोन बैलीले भिल्लाका लागि अग्रता दिलाएका थिए। तर, ३०औं मिनेटमा बर्नलीका जेकी एमडोनीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।

खेलको ४२औं मिनेटमा भिल्लाका मौस्सा डियबीले गोल गर्दै भिल्लालाई २-१ को स्थितिमा पुर्याउँदा पहिलो हाफ सकियो।

खेलको ५६औं मिनेटमा दुई पहेँलो कार्ड खाँदै स्यान्डर बर्ग बाहिरिएपछि बर्नली १० खेलाडीमा सीमित भयो। यद्यपि दोस्रो हाफमा दुवै टोलीले थप एक-एक गोल गरे।

खेलको ७१औं मिनेटमा बर्नलीका लीले फोस्टरले गोल गर्दै टिमलाई २-२ को बराबरीमा पुर्याए। तर खेलको निर्धारित समय सकिन एक मिनेट मात्र बाँकी रहँदा सम्हालिन नसक्दा गोल खान पुग्यो।

खेलको ८९औं मिनेटमा बर्नलीले पेनाल्टी एरियाभित्र फउल गरेपछि भिल्लाले पेनाल्टी पायो। त्यसलाई डौग्लास लुइसले गोलमाा परिणत गर्दै खेललाई ३-२ को स्थितिमा पुर्याए।

जितसँगै एस्टन भिल्ला २० खेलबाट ४२ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिँदा एक खेल कम खेलेर समान अंक भएको आर्सनल पहिलो स्थानमा छ। बर्नली भने २० खेलबाट मात्र ११ अंक जोड्दै १९औं स्थानमा छ।

शनिबार नै भएका प्रियिमर लिगका अन्य खेलहरूमा नोटम फरेस्टले म्यान्चेस्टर युनाइटेडलाई २-१, उल्भ्सले एभर्टनलाई ३-०, क्रिस्टल प्यालेसले ब्रेनफोर्डलाई ३-१, म्यान्चेस्टर सिटीले सेफल्ड युनाइटेडलाई २-० र चेल्सीले लुटन टाउनलाई ३-२ गोलअन्तरले पराजित गर्यो।

१५ पुस, २०८०, ०७:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।