गाजामा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

गाजामा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो
फाइल फोटो

एजेन्सी : गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले गाजापट्टीमा इजरायली आक्रमणबाट २१ हजार ११० जनाको मृत्यु र ५५ हजार २४३ मानिस घाइते भएका जानकारी दिए।

पछिल्लो २४ घण्टामा इजरायली हमलामा परी १९५ जनाको मृत्यु भएको उनले बताए। उनका अनुसार यो अवधिमा ३२५ जना घाइते भएका र अस्पतालमा भर्ना गरिएको छ।

यता, प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सव रद्द गर्ने बुधबार घोषणा गरेका छन्।

१२ पुस, २०८०, १५:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।