गाजामा मानवीय राहत संयोजकमा नेदरल्यान्डकी स्ग्रीड

गाजामा मानवीय राहत संयोजकमा नेदरल्यान्डकी स्ग्रीड

एजेन्सी : संयुक्त राष्ट्रसंघले गाजामा मानवीय राहत संयोजकमा ​नेदरल्याण्डकी निवर्तमान उपप्रधानमन्त्री स्ग्रीड कागलाई नियुक्त गरेको छ।

संयुक्त राष्ट्र संघको विज्ञप्तिका अनुसार कागले गाजामा मानवीय राहतको ढुवानीलाई सहजीकरण, समन्वय, निगरानी र प्रमाणीकरण गर्ने र द्वन्द्वका पक्ष नभएका राज्यहरू मार्फत सहायता पुर्याउनको लागि संयुक्त राष्ट्र संघको संयन्त्र स्थापना गर्नेछिन्।

गाजामा अक्टोबर ७ देखि लगातार इजरायली बमबारी चलिरहेको छ। जसमा १२०० इजरायलीहरू मारिएका छन् भने २०० भन्दा बढीलाई बन्धक बनाइएको छ।

मृत्यु हुनेको संख्या बढ्दै जाँदा संयुक्त राष्ट्र संघ र यसका विभिन्न निकायहरूसहित अन्तरष्ट्रिय संस्थाहरूले युद्धविरामको लागि पहल गर्दै आएका छन्।

तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको अन्त्य नभएसम्म युद्ध जारी रहने बताइरहेका छन्। 

११ पुस, २०८०, १७:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।