गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन्।

उकेरासँगको कुराकानीमा डा. मल्लले नियुक्ति पाएको पुष्टि गरे।

डा.चन्द्रमणि अधिकारीको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल शुक्रबार सकिएपछि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मल्ललाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

डा. मल्ल कांग्रेस सभापित शेरबहादुर देउवाकी श्रीमती आरजु निकटकै रूपमा चिनिन्छन्।

अस्पतालमा एउटाको कार्यकाल सकिएपछि अर्को नेतृत्व चयन स्वाभाविक हुनुपर्नेमा मन्त्री र रोलक्रममा रहेका चिकित्सकबीच मतान्तर बढ्दा यहाँ कार्यकारी निर्देशकको नियुक्त सहज हुन सकेको थिएन।

गंगालालमा कार्यरत चिकित्सक डा. रामेश कोइरालाले राजनीतिक हस्तक्षेपको संकेत गरेर गङ्गालालबाट राजीनामा दिने मनस्थितिमा पुगेको भन्दै ट्विट गरेपछि केन्द्रको राजनीति झन् बाहिर छताछुल्ल भएको थियो।

डा रामेश आफैँ निर्देशक बन्न प्रत्यक्ष प्रतिस्पर्धामा देखिएका छैनन्। तर आफूभन्दा जुनियर आए स्वीकार्ने पक्षमा पनि थिएनन्। उनीभन्दा सिनियर डा. रवि मल्ल अनि डा. अरुण मास्के हुन्। कोइराला मल्लप्रति सकारात्मक थिए।

डा. मास्के २०६६ मा कार्यकारी निर्देशक बने पनि कार्यकाल पूरा नहुँदै दुई वर्षमै राजीनामा दिएका थिए। मल्ल र मास्के दुवै गंगालालमा अवकाशको उमेर हद बढाउन सक्रिय चिकित्सक समेत हुन्।

११ पुस, २०८०, १४:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।