डिभोर्सको विषयमा श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर कुटपिट

डिभोर्सको विषयमा श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर कुटपिट

काठमाडौं : डिभोर्सको विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई बिजुलीको पोलमा बाँधेर यातना दिइएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन्।

यसरी यातना दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले महिलाको उद्धार गरेको छ। श्रीमतीलाई यातना दिने सन्तोष सहित सात जना पक्राउ परेको सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए।

एसपी सिलवालका अनुसार शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी छन्।

श्रीमान् सन्तोषसँग अदालती प्रक्रियाबाट नै ‘डिभोर्स’ गर्न भन्दै सिन्धुली पुगेपछि उनीमाथि कुटपिट भएको हो। डिभोर्सकै विषयमा विवाद हुँदा गाउँले सँगै मिलेर सन्तोषले यातना दिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धानपछि मुद्दा चलाउने तयारी गरेको छ।

पुष १०, २०८० मंगलबार १६:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।