भारतमा एकै दिन ६२८ जनामा कोभिड–१९ पुष्टि, एकको मृत्यु

भारतमा एकै दिन ६२८ जनामा कोभिड–१९ पुष्टि, एकको मृत्यु

एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड–१९ पुष्टि भएको छ।

जसमा कोडिभ–१९ को सब–भेरियन्ट जेएन १ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

एकै दिन ६२८ नयाँ संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या चार हजार ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा केरलामा कोभिड–१९ का कारण एक जनाको ज्यान गएको छ।

हालसम्म भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या चार करोड ५० लाख ९ हजार २४८ रहेको छ। संक्रमित मध्ये चार करोड ४४ करोड ७१ हजार ८६० जना निको भइसकेका छन्। मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३३४ रहेको छ।

९ पुस, २०८०, १५:११:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।